१३ असोज २०७७, मंगलवार
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ कोरोना सक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । उपत्यकाका थपिएका मध्ये काठमाडौंमा ७ सय ४७ जना,ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ रहेका छन ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको संख्या २३ हजार २ सय ३० पुगेको छ । जसमध्ये काठमाडौमा १८ हजार ८ सय ७७, ललितपुरमा २ हजार ३ सय ४६ जना र भक्तपुरमा २ हजार ३७ रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर