१३ असोज २०७७, मंगलवार

ब्रोइलर कुखुराका चल्लालाई  कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीले उनीहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह रहेका छन । करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो । प्रहरीले कुल  २८ हजार ६ सय चल्लाको बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो ।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर