१३ असोज २०७७, मंगलवार

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले आगामी असोज १६ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ ।  लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको र स्वास्थ्य सतर्कता अपनाएर विद्यालय खोल्न सकिने सरोकारवालाको निष्कर्ष रहेकाले विद्यालय खोल्ने निर्णय गरिएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अभिभावक, शिक्षक लगायत सबै सरोकारवालासँग पटकपटक छलफल गरी विद्यालय सञ्चालन गर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । विद्यालयले विद्यार्थी संख्याका आधारमा कायम हुन सक्ने भौतिक दूरी पालना तथा पूर्ण स्वास्थ्य सुरक्षाको अवलम्बन गरी विद्यालय सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर