१२ असोज २०७७, सोमवार

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेपाल पत्रकार महासंघका जिल्ला सचिव जगदिश खनाललाई पक्राउ गरेको छ।

नुवाकोटकै पत्रकार शिव देवकोटामाथि सांघातिक आक्रमण गरेको आरोपमा आइतबार पक्राउ परेका खनाललाई हिरासतमा राखिएको छ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले  भने, ‘ज्यान मार्ने उद्योगअन्तर्गत तीन जना पत्रकारविरूद्ध जाहेरी परेकोमा एक जना पक्राउ गरियो, अरूलाई खोज्दै छौं।’

पत्रकार महासंघ नुवाकोटका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य देवकोटामाथि सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा खनाललाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर