
१२ असोज २०७७, सोमवार
काठमाडौंको टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय २५ पुगेको छ ।
टोखाको वडा नम्बर १ मा सबैभन्दा थोरै २१ र वडा नम्बर ३ मा सबैभन्दा धेरै ९५ जना कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नम्बर २ मा ५१, वडा नम्बर ४ मा ४३, वडा नम्बर ५ मा ८६, वडा नम्बर ६ मा ९१, वडा नम्बर ७ मा ८०, वडा नम्बर ८ मा ९४, वडा नम्बर ९ मा ५५, वडा नम्बर १० मा ६६ र वडा नम्बर ११ मा ६२ जना सङ्क्रमित छन् ।टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै आइसोलेसन सेन्टरको स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।
नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३ सय ५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ ।