१२ असोज २०७७, सोमवार

बर्दियामा कोरोना संक्रमणको दर तिव्र हुँदै गएपछि सवारी साधन,उद्योग व्यवसाय तथा पसल सञ्चालनमा कडाई गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको  वैठकले असोज १३ गते देखि सवारी साधन र व्यवसायी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्ने, उद्योग व्यवसाय र पसल विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दिन प्रतिदिन जिल्लामा संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या बढिरहेकोले जोखिम कम गर्नकालागि केही कडाई गरीएको जानकारी दिए ।

बर्दियामा हालसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५८ जना निको भएर घर फर्केका छन् ।

 

बर्दियामा २०७७/०६/११ गते ५ बजेसम्मको कोभिड-१९ सम्वन्धी अपडेट;

आज क्वारेन्टीनमाः १११ (पुरुष ९४ र महिला १७) जना

आज Isolation माः १६२ (पुरुष ११५ र महिला ४७) जना

जम्मा PCR गरिएकोः ११४२२ जना (आज PCR: १३० )

जम्मा मृत्यूः ४ जना पुरुष

आजको नतिजाः ३२ (पुरुष २६ र महिला ६) जना

जम्मा PCR Positive: ६४९ (पुरुष ४५६ र महिला १९३) जना

प्रेषण गरिएकाः ३० (पुरुष १५ र महिला १५) जना

नतिजा आउन बाँकीः १३९ जना

जम्मा रिकभरः ४५६ (पुरुष ३२५ र महिला १३१) जना

प्रतिक्रिया

सम्बन्धित खवर