
११ असोज २०७७, आइतवार
संयुक्त अरव ईमिरेट्स (युएई) ले शुक्रवार (असोज ९) देखि महिला र पुरुषलाई समान कामको समान तलवकोे व्यवस्था लागु गरेको छ । गत अगष्ट २५ तारिखमा यससम्वन्धि कानून जारी भएको थियो तथा निजि क्षेत्रमा सो व्यवस्था लागु हुने भनिएको थियो ।
गल्फ न्यूजका अनुसार सो कानूनमा समान काम गरेको अवस्थामा महिलालाई पुरुषलाई बरावर तलव दिनुपर्ने व्यवस्था रहेको छ । यसले महिला समानताका लागि महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । यसले युएईले विश्व जगत सामु गर्दै आएको समानताको प्रतिवद्धता पुरा गर्न मद्धत गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।