११ असोज २०७७, आइतवार
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ । शुक्रवार साझँपखवाट रोकिएको वाटो अझै खुल्न सकेको छैन ।
आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।
शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए । ‘पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘ब्रेकर बुटवलतर्फ भएकाले तत्काल ढुंगा फोर्न सक्ने अवस्था छैन।’
आइतबार साझँसम्ममा वाटोखुल्न सक्ने प्रहरी उपरीक्षक भट्टराईले बताए । उनले भने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकाले नजिकको प्रहरी वा सम्बन्धित कार्यालयमा बुझेर मात्र यात्रा गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर