
११ असोज २०७७, आइतवार
एजेन्सी । लेबनानका प्रधानमन्त्रीले शनिबार राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।
“म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने । “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।