१० असोज २०७७, शनिवार
नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ कुवेत स्थापना भएको छ ।
कुवेतको नेपाली समाजमा परिचित ब्यक्तित्वहरु समाबेश सस्थाको नेतृत्व समाजसेवी रुपेन हमालको अध्यक्षतामा समिति चयन भएको छ । समितिको उपाध्यक्षमा उपाध्यक्षमा जयनारायण थारु र राज मल्ल ठकुरी रहेकाछन । त्यसैगरी सचिबमा गुलाम नबी मनसुर,सह सचिबमा गङ्गा सुबेदी र कोषाध्यक्षमा दिपेन्द्र खाड चयन भएकाछन ।
मिडिया प्रमुखमा युग लामा सँगै यसैगरी सदस्यहरुमा सन्जय बास्कोटा,दुर्गा ढकाल,दिपा राना मगर र अमित गौतम रहेकाछन भने मिडिया प्रमुखमा युग लामा रहेका छन ।

भर्चुअल बैठक द्वारा भएको कार्यक्रमको अध्यक्षतामा अन्तर्राष्ट्रिय रक्तदाता सङ्घका अध्यक्ष अजय सत्यालले गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) सन २०१४ मा अमेरीकाको कानुन अनुसार बिधिबत दर्ता भई स्थापना गरिएको एक गैर धार्मिक, गैर राजनीतिक र गैर नाफामुखी संस्था हो । हाल सम्म नेपाली रक्तदाता संघ नेपाल, भारत, फ्रान्स, युएई, कतार, युके, कुवेत ,अष्ट्रेलियामा स्थापना गरी सकेको छ भने क्यानडा, जापान, इटली लगायतका देशहरुमा स्थापनाको तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर