
९ असोज २०७७, शुक्रवार
शुक्रबार देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ । २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।