९ असोज २०७७, शुक्रवार

गृहमन्त्री रामबहादुर थापा   दार्चुलाको छाङरु पुगेका छन् । नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेतसम्म पुगेका गृहमन्त्री थापासहितको टोली त्यहाँबाट सेनाको हेलिकोप्टरमा छाङरु पुगेको हो । थापाको टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने समेत रहेका छन् ।

छाङरुमा सशस्त्र प्रहरीको बेस क्याम्प रहेको छ ।  थापा सोही गुल्मको भवन सिलन्यासका लागि छाङरु पुगेका हुन् ।

। छाङरुमा गुल्म स्थापना गरिएसँगै सीमावर्ती दार्चुलाको विभिन्न स्थानमा बोर्डर आउट पोर्ट वीओपी समेत थप हुनेछन् । हिँउदको समयमा अत्याधिक हिउँ पर्ने सो स्थानमा बाह्रैमास बस्न मिल्नेगरी आधुनिक भवन बन्ने छ ।

छाङरुको गुल्ममा डीएसपीको कमाण्डमा एक सय ६० जनाको सशस्त्र प्रहरीको टोली बस्न थालिसकेको छ । गृहमन्त्रीसहितको टोलीले टिंकर र कौवा क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर