९ असोज २०७७, शुक्रवार

घरको छतबाट खसेर झापाको विर्तामोडमा एक जना बालिकाको ज्यान गएको छ । यसरी ज्यान जानेमा बिर्तामोड नगरपालिका वडा नं ५ की १३ वर्षीया कृतिका भण्डारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मृतकको मामा दुर्गा थपलियाको घरको छतबाट विहीवार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा अचानक लडेर उनको ज्यान गएको हो ।  लडेर गंभीर घाइते भएकी उनको बीएन्डसी हस्पिटल लैजादै गर्दा बाटोमै मृत्युभएको थियो । उनी काठमाडौंबाट ५ दिन अघि मात्र मामाघर आइपुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर