९ असोज २०७७, शुक्रवार
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा विहिवार पहिरोमा परि बेपत्ता भएका पाचँ जना मध्ये शुक्रबार दिउँसो सम्ममा दुई जनाको शव भेटिएको छ ।
बेपत्ता मध्ये दिउँसो सवा १२ बजे दुई महिलाको शब भेटिएको शसत्र प्रहरी बल, पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो ।
बिहिबार दिनभरी नै झरी र पहिरो नरोकिएपछि शुक्रवार बिहानबाट मात्रै बेपत्ताहरुको खोजी भएको थियो ।
पहिरोमा परि ६३ बर्षिय हुम बहादुर गाहा,उहाका श्रीमती ४७ वर्षिया धनी सरा, छोरी १६ वर्षिया कृष्णामाया गाहा, १४ वर्षिया नातिनी खुमिसरा आले र ७ बर्षिया नातिनि लक्ष्मी गाहा बेपत्ता भएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर