८ असोज २०७७, बिहिवार

काठमाडौं । ललितपुरमा पहिरोले दुई वटा टिपर पुर्दा ५ जना घाइते भएका छन्।

बागमती गाउँपालिका ३ भट्टेडाँडास्थित स्थित कान्तिलोकपथमा बुधबार साँझ पहिरोले २ वटा टिपर पुर्दा ५ जना घाइते भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

घाइते हुनेमा कुमार नगरकोटी, सारुख आलम, केशव विक, सागर घले र सुरेन्द्र थापा रहेका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

राईका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेको छ। सडक अवरुद्ध भएकाले उनीहरुलाई हेलिकोप्टर पठाउने तयारी गरिएको भए पनि मौसमको खराबीका कारण उड्न सकेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर