८ असोज २०७७, बिहिवार

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । माया नेपालीको घर पहिरोले पुरिदा  २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षिया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली,  १४ वर्षीय  शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । मनिषालाई थप उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र प्रसाद अधिकारीले  बताए ।  १० जनामध्ये ९ जना एकै परिवारको सदस्य र एक जना पाहुना रहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर