काठमाडाैं, ७ असाेज । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा थप जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभामा थप जिम्मेवारी नदिन आदेश जारी गरेको हो ।