
७ असोज २०७७, बुधवार
मुम्बई । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा कलाकार– ड्रग्स कनेक्सनका बारेमा नयाँ रहस्य खुल्न थालेको छ ।
ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले सारा अलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ ।
प्रहरीद्धारा पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा यि नायिकालाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कुनै समय दियाका मेनेजरको पनि ड्रग्स कारोबारीसंग संगत थियो ।