
६ असोज २०७७, मंगलवार
पाल्पामा मंगलवार १३ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् ।
मंगलवार पाल्पामा रैनादेवी छहराका १ रिब्दीकाेटका ११ र रामपुरकाे १ जना गरी ११ जना पुरुष र २ महिलामा काेराेना देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका काेराेना फाेकल पर्सन श्रीकृष्ण भट्टराइले बताउनुभयाे । साेमवार साँझसम्म पाल्पामा १६ जना स्वास्थ्यकर्मी सहित कुल १ सय २४ जना समुदाय स्तरका संक्रमित देखिएका छन् ।
पाल्पामा मगलवार थपिएका १३ सँगै अहिलेसम्म ७ सय १३ जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ८८ जना निकाे भएर घर फर्किएका छन् भने ४ जनाकाे निधन भएकाे छ ।