६असाेज,क्षेत्री समाज यूकेको नयाँ कार्यसमितिमा   यज्ञ क्षेत्री  अध्यक्षताा सहित कार्यसमिति नै निर्विरोध बनेको हो । आउंदो आइतबार भर्चुअल माध्यमबाट भएको  सातौं अधिवेशनले संस्थाको नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे। यो कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

समाजको नयाँ कार्यसमितिका लागि २ उपाध्यक्षमा प्रकाश राउत र महेन्द्र केसी, महिला उपाध्यक्षमा श्रद्धा थापा र महासचिवमा दीर्घ केसी निर्विरोध चयन हुनु  भयकाे छ।

त्यसैगरी, सचिवमा टोप बहादुर (रुपेश)  राउत, कोषाध्यक्षमा मनिष खड्का र सहकोषाध्यक्षमा अन्जना थापा रहनु भएको छ । संस्थाको मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, सामाजिक सेक्रेटरीमा दिल जिसी र महिला संयोजकमा माया केसी निर्विरोध भएका छन् ।

कार्यसमिति सदस्यहरुमा डा. मिन रानाभाट, बन्दना केसी, गंगा बहादुर केसी, मिलन केसी, राजु बोहोरा र यम भण्डारी हुनुहुन्छ ।

सन् २००७ मा स्थापित क्षेत्री समाज यूके बेलायतस्थित नेपाली समुदायमा ठूलो र सक्रिय संस्था मानिन्छ । समाजले विभिन्न समयमा च्यारिटीमुलक कार्य समेत गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर