६ आश्विन २०७७, मंगलवार                            नागरिक अभियन्ता डा. गोविन्द केसीलाई प्रशासनले काठमाडौं ल्याएको छ । डा. केसीले ‘जबरजस्ती’ अस्पतालमा स्थानान्तरण गरियो भन्दै आपत्ति जनाउनुभएको छ । अनशनस्थल जुम्लाबाट डा. केसीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘सत्याग्रहको आठौं दिन हाम्रा मागहरू पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गर्नुको साटो मेरो इच्छाविरुद्ध मलाई ठाउँ सारिएको छ, यसको म निन्दा गर्दछु ।’‘पहिला जसरी आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन्, त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर