काभ्रेपलाञ्चोक, २०७७ असोज ६ गते,
२८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।
उनीहरूले विभिन्न डरत्रास धाकधम्की देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर