५असाेज पाल्पा – तानसेन नगरपालिका–६ का वडाअध्यक्ष सागरमान महर्जन होम आइसोलेसनमा बसको १४ दिन भयो । ११ दिनअघि पीसीआर जाँचका लागि उनको स्वाब पठाए पनि आझैसम्म रिर्पोट आएको छैन । कार्यपालिकाको बैठकमा सहभागी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि महर्जनसहित नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मी पाठकलगायत जनप्रतिनिधि होमआइसोलेसनमा बसेका छन् । नगरपालिका गत २६ भदौदेखि बन्द छ । अत्यावशक सेवाबाहेक सबै काम बन्द गरेर प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम बेल्वासेसहितका कर्मचारी स्वाब पठाएर होम आइसोलेसनमा बसेका छन् । ‘नतिजा छिटो आउला र कार्यालय खोल्ने भनेको ११ दिन भइसक्यो,’ बेल्वासेले भने, ‘हमी अत्यावशक कामबाहेक अन्य काम नगरीकन घरमै बसेका छौँ ।’

तानसेन नगरपालिकाले भदौ २६ गते २ सय ९, २८ गते १ सय ४७ र ३० गते ८७ जनाको स्वाब संकलन गरेर पठाएको थियो । आइतबार १ सय ४२ जनाको रिर्पोट आएको छ । रिर्पोट आउन ढिलाइ हुँदा नगरपालिकाका अत्यावशकबाहेकका सबै सेवा प्रभावित भएको नगर प्रमुख शाहीले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब क्युमा रहेकाले तानसेनले पठाएका स्वाब शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, टेकुमा पठाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रका पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर