३असाेज २०७७,। साउदी अरबबाट बिदामा  नेपाल गएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन्।

साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको गरेको थियो। सोही अनुसार भिसाको म्याद भएका नेपाली लगायत अन्य आप्रवासी कामदारहरुले पनि तोकिएका मापदण्ड पूरा गरेर साउदी फर्किन पाउने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । साउदी सरकारले कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई क्रमिकरूपमा खुकुलो बनाउदै लगेको छ भने आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा यसअघि नै गरिसकेको छ । साउदी अरबमा करिव ३ लाख  नेपाली कार्यरत रहेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर