३असाेज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले  मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

https://amzn.to/4myfPN5

मलंगवा-३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा  विवाद बढेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

शुक्रबार मूर्ति सेलाउन बाजासहित गैरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो।

तनाब बढेपछि प्रशासनले कर्फ्यू लगाएको प्रशासकीय अधिकृत प्रमोद यादवले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर