
ताप्लेजुङ, २०७७ असोज ३ गते
१६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा फुङिङ नगरपालिका-८ बस्ने २० वर्षीय मनोज गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ती किशोरीलाई बिभिन्न प्रलोभनमा पारी ललाई फकाई सोही ठाउँस्थित होटलमा लगि जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।