३असाेज २०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना संक्रमितको मृत्यु भए छ ।२४ घण्टाको अवधिमा १ हजार ४४७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।