काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो ।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये २ करोड ४ लाखभन्दा बढी निको भएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा  ६६ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २५ लाख ४० हजार रहेको छ ।भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ४० लाख निको भएका छन् ।

त्यस्तै ब्राजिलमा करिब ४४ लाख ५५ हजार संक्रमित भएका छन् भने करिब एक लाख ३५ हजारको मृत्यु भएको छ  । रुसमा संक्रमितको संख्या १० लाख ८१ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १९ हजारको मृत्यु भएको छ ।

नेपालमा भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ भने ३ सय ८३ जनाको मृत्यु भएको छ भने  करिब ४३ हजार निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर