३१ भदौ एजेन्सी । जर्मनीको घरेलु फुटबल लिग बुन्डेस लिगा को नयाँ सिजनमा सिमित दर्शकलाई खेल हेर्न स्टेडियममा प्रवेश अुनमति दिईने भएको छ । बुन्डेस लिगा यसै साता अर्थात सेप्टेम्बर १९ बाट शुरु हुँदैछ ।

जर्मन बुन्डेस लीगा आयोजकले नयाँ सिजनमा दर्शक संख्या क्षमताको २० प्रतिशतलाई स्टेडियममा प्रवेश दिने जनाएको छ । जर्मनी सरकार र बुन्डेस लीगाका १८ क्लबबिचको सम्झौता पश्चात २० प्रतिशत दर्शकलाई स्टेडियममा प्रवेश दिने भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl
गत साता दिन यता जर्मनीमा कोरोना भाइरसको संक्रमण दर घट्दै प्रति एक लाखमा ३५ जना मात्र कोरोना संक्रमण देखिएपछि जर्मनी सरकार दर्शकलाई स्डेडियममा प्रवेश दिन सहमत भएको हो ।

सरकारले दर्शकलाई प्रवेश अनुमति दिएपनि स्वास्थ्य सुरक्षाको प्रोटोकल पूर्ण पालना हुनेपर्ने कडा शर्त राखेको छ ।

यो संगै शुक्रबार बाट सुरु हुने बुन्डेस लिगाको उद्धघाटन खेलमा १५ हजार दर्शकहरुको उपस्थिती रहने निश्चित भएको छ ।

फुटबल लिग बुन्डेस लिगा को नयाँ सिजनको पहिलो खेलमा वायर्न म्यु्निख र साल्के खेल्नेछन् । यी दुईबिचको खेल नेपाली समयानुसार राति सबा १२ बजेबाट शु्रु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर