३१ भदौ काठमाडौं–अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेल आज हुँदैछ। यो अन्तिम तथा तेस्रो खेलले नै सिरिजको टुंगो पनि लाग्नेछ।

म्यान्चेस्टरमा नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सुरु हुनेछ। पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १९ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा भने इंग्ल्यान्डसँग अस्ट्रेलिया २४ रनले पराजित हुन पुग्यो। यो हारसँगै सिरिज जित्ने टिमको छिनोफानो अन्तिम खेलले लाग्न लागेको हो।

डेविड वार्नर, कप्तान आरोन फिन्च, मार्कुस स्टोइनिस, एलेक्स क्यारी, मार्नुस लबुस्चेन, ग्लेन म्याक्सवेल मिचेल मार्स जस्ता ब्याट्सम्यान छन्। बलिङतर्फ पनि अस्ट्रेलियाका जस हजलवोड, पट कुम्मिन्स, मिचेल स्टार्क, एडम जाम्पा लगायतका उत्कृष्ट लयमा रहेका बलर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर