चितवनमा भदौ मसान्तसम्ममा एक हजार ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३५७ जना   संक्रमणमुक्त भएका छन् भने १७ जनाले  ज्यान गुमाएका छन्।

बाँकी ९३३ जना भने उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। सबैभन्दा  बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमित छन्। महानगरपालिकाभित्र मात्रै ६८५ जनामा  छन्। तीमभ्ये १९२ जना संक्रमणमुक्त भएका छन् भने १० जनाले ज्यान गुमाएका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रत्ननगर नगरपालिकामा पनि १३८ जनामा संक्रमण पुष्टि हुँदा १५ जना निको भएका छन् भने तीनजनाले ज्यान गुमाएका छन्। तेस्रो नम्बरमा रहेको राप्तीमा भने संक्रमितको संख्या ९९ पुगेको छ। चितवनमा सबैभन्दा पहिले गएको बैशाख ५ गते राप्तीकै दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये ७३ जना निको भएर घर गएका छन् भने दुईजनाले ज्यान गुमाएका छन्।

यस्तै खैरहनीमा ७१, माडीमा ५३, कालिकामा ५१ र इच्छाकामना गाउँपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको  छ । तीमध्ये पनि खैरहनीका २०, माडीका ४९, कालिकाका पाँच र इच्छाकामनाका तीनजना संक्रमणमुक्त भएका छन् भने खैरहनी र राप्तीमा दुई/दुईजनाले ज्यान गुमाएका छन्। संक्रमितहरूलाई वडाले निर्माण गरेको आइसोलेसन, अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा राखेर उपचार गराइरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर