 
							भक्तपुरको मध्यपुर थिमि निकोसेरामा एकै परिवारका तीनजना मृत फेला परेका छन्। मध्यपुर नगरपालिका वडा नं. ९ निकोसेरास्थित तीनतल्ले घरमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका हुन्।
मृतकहरुमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्र्षीय सम्झना र उनीहरुका छोरा १५ वर्षीय सुशान्त रहेका छन्। साथमा घरमा पालिएका कुकुर पनि मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत थिमिका प्रमुख डीएसपी श्रृषिराम कँडेलले बताए।
एकै परिवारका तीनजनाको शंकास्पद रुपमा शव फेला परेकोले तत्काल नै अनुसन्धान थालेको प्रहरीले जनाएको छ। मृतकका भाई सुनिल अधिकारीका अनुसार उनी घर आइपुग्दा घरको दोस्रो तल्लामा कुकुर र भाउजु सम्झना अधिकारीको शव फेला परेको बताएको प्रहरीले जनाएको छ। साथै तेस्रो तलामा सुशान्त र माथिलो तल्लामा सुदिप अधिकारीको शव फेला परेको बताएको प्रहरीले जनाएको छ।
घट्नास्थाल हेर्दा हत्या केही दिन पहिले भएको जस्तो देखिएको बताइएको छ। घट्ना कहिले र कसले गरेको भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ। यसअघि घटनास्थलमा भक्तपुरका एसपी तारादेवी थापालगायतका बिशिष्ट प्रहरी पुगेका थिए।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com