२० भाद्र २०७७, शनिवार

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वाढीपीडितको सहयोगको लागि  प्रदेश सरकार रहेको बताएका छन् ।

बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँमा राहत सहित स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो- प्रदेश सरकार घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने तयारीमा छौ, नगरपालिकाले जग्गा उपलब्ध गराइदिनुप¥यो ।, मुख्यमन्त्री गुरुङले भन्नुभयो– एकीकृत बस्ती निर्माण ग¥यौ भने सदाका लागि सुरक्षित हुन सकिन्छ

स्थलगत निरीक्षणमा गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, खिमविक्रम शाहीलगायत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएको थियो ।
अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । अन्य पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराइने छ । घटनास्थलको निरीक्षण र राहात सामग्री लिएर शुक्रवार संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा समेत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर