२० भाद्र २०७७, शनिवार
बागलुङ्ग जिल्लाको ढोरपाटन क्षेत्रमा पहिरोले पुरयाएको क्षति प्रति राष्ट्रिय जनमुक्ति पार्टी, बागलुङ्ग– तराई सम्पर्क मञ्चले दुःख व्यक्त गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, बागलुङ्ग– तराई सम्पर्क मञ्चका अध्यक्ष नरसिंह काउचा मगरले प्रेस विज्ञप्ति प्रकाशित गरी पहिरोले ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ मा ठूलो जनधनको क्षति पुर्याएको घटनाले राष्ट्रिय जनमुक्ति पार्टी, बागलुङ्ग तराई सम्पर्क मञ्च स्तब्ध भएको भन्दै विज्ञप्तिमा विपत्ति प्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
संकट र शोकको यस घडीमा सरकारले घाईतेहरुको शिघ्र उद्दार र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन तथा पिडीत परिवारलाई उचित राहत उपलब्ध गराउन मञ्चले माग समेत गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर