१८ भाद्र २०७७, बिहिवार

गैर आवासिय नेपाली संघ मलेसियाले मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै सरकारसंग निःशुल्क उद्धारको माग गरेको छ ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन कामदारलाई स्वदेश फर्कन आर्थिक भार थपिएको र कामबिहिन अलपत्र झन अलपत्र पर्ने भन्दै सरकारकोविशेष ध्यानाकर्षण जनाएको छ ।
विज्ञप्तीमा लकडाउन अघि नियमित उडान करीव ७ सय रिङगेटको हाराहारीमा भएपनि चार्टर उडानको लागि सरकारले १५ सय ९० रिङगेट भाडादर तोकेकोमा अहिले खुला गरिएकपछि २ हजार देखि २५ सय रिङ्गेट सम्म श्रमिकले हवाई भाडा तिर्नुपर्ने बाध्यता भएकोले निशुल्क उद्धारको लागि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर