१८ भाद्र २०७७, बिहिवार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपौलीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोलको बल्ब बदल्ने क्रममा फेचुहाका वर्ष ५१ का देव नारायण थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकार डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

घाईते थारुको उपचारको क्रममा चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा रहेको डिएसपी लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर