१८ भाद्र २०७७, बिहिवार

सल्यानको त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृति अक्षयकोष स्थापना भएको छ । त्रिवेणी ६ लुहाम बजार निवासी श्रेष्ठ परिवारले स्वर्गीय ध्रुव प्रसाद श्रेष्ठको सम्झनामा तीन लाख रुपैयाँको गाउँपालिका स्तरिय अक्षयकोष स्थापना गर्नुभएको हो । समाजसेवी स्वर्गीय ध्रुव श्रेष्ठकी श्रीमति रेमु श्रेष्ठ, छोरा बुहारीहरु डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाई उपासना पुन, कृति बहादुर पुनले कोष स्थापना गर्नुभएको हो । छात्रवृति अक्षयकोष सञ्चालनका लागि रेमु श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा त्रिवेणी गाउँकार्यपालिकाबाट तोकिएका एक जना र शिक्षा शाखा प्रमुख पनि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर