१८ भाद्र २०७७, बिहिवार

गुल्मीमा कोरोना भाइरस सम्बन्धी केश अनुसन्धान तथा खोज पड्ताल जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालयको आयोजना तथा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र(नार्डेक) नेपाल गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सामाजिक दुरी कायम गर्दै अभिमुखिकरण कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा,अभिमुखिकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रदेश पाँच प्रतिनिधि डा.मोना प्रधान, स्वास्थ्य निर्देशनालय प्रदेश पाँचका डा.प्रमिता शर्मा, स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्वास्थ्य निरिक्षक पशुपति आर्चाय, नार्डेक गुल्मीका उपाध्यक्ष गुणानिधि शर्मा,नार्डेक नेपाल गुल्मीका निर्देशक रेशम कुवँर, जिल्ला समन्व्य समितिका सदस्य राममल्ल ठकुरी, जिल्ला अस्पताल तम्घासका मेसुडा.उक्तम पच्या, जिल्ला समन्व्य अधिकारी विजय कार्की, प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठ, जिल्लाका १२ वटै स्थानीयतहका स्वास्थ्य संयोजकहरु लगायतको सहभागीता रहेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई नियन्त्रणमा लिन र आफु र समुदायमा फैलन नदिन आआपनो ठाउँवाट विशेष किसिमले लाग्नुपर्ने,डब्लुएचओले लागु गरेका स्वास्थ्य सम्वन्धि मापदण्डहरुलाई मान्नु पर्नेमा जोड दिईएको थियो । सुरक्षाका मापदण्डहरु अपनाएर कार्यक्रम गरिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर