१८ भाद्र २०७७, बिहिवार
वुटवलमा विहिवार विहान एक कोरोना सक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्विनी प्रादेशिक अस्पतालमा बुधबार भर्ना भएकि महिलाको बुधबारनै पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट देखिएको थियो ।
कोरोना विशेष अस्पताल र भिम अस्पतालमा आईसियु वेड खाली नभएपछि लुम्विनी प्रादेशिक अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकोमा बिहीबार बिहाने मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।