१७ भाद्र २०७७, बुधवार
२४ घण्टामा ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जानकारी गराएको छ । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन्  भने २सय ५१ जनाको ज्यान गएको छ ।   बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमा ३–३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर