१६ भाद्र २०७७, मंगलवार

नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए ।

ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको हो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो ।बेपत्ता हुनुअघि उनी फिजीमा बेलायती उच्चायुक्त नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर