१६ भाद्र २०७७, मंगलवार
कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र सरकारको सहजीकरण मार्फत २९७ जना नेपाली स्वदेश फर्किएका छन ्। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सवाट उनीहरु नेपाल फर्किएका हुन । कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईका अनुसार दूवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले कोभिड १९ परीक्षण गरी पीसी आर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेका हुन दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा,काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको छ । कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर