१६ भाद्र २०७७, मंगलवार
हङकङमा बसोबास गर्ने नेपाली दाजुभाई दिदी वहिनीहरुले कनकाई नदीको बाढीले कटान गरेर घरबारविहिन बनेकी झापा शिवसताक्षीकी तारा शेर्माको घर निर्माणमा सहयोग गरेको छन ।


मेची अभियान मार्फत शेर्माको घर निर्माणका लागि हङकङवाट एक लाख जुटेको अभियानका संयोजक विजय डालमियाँले जानकारी दिए।
हङकङ नेप्लिज मोबाइल फोटोग्राफी फेसबुक समूहले बाढीबाट विस्थापित भएकी शेर्माको घर निर्माण सहयोगार्थ एक लाख मेची अभियानलाई प्रदान गरेको हो।
सामाजिक सञ्जाल ‘फेसबुक’मा शेर्माको तस्वीर र घर निर्माणसँग सम्बन्धित अन्य फोटो पोष्ट गरेपछि समूहका सदस्यहरूले रकम संकलन गरेर पठाएको अभियानकी सदस्य भूमिका सुब्बाले बताइन्।

केहि दिन अगाडि देखि ‘मेची अभियान’ले शेर्माको घर निर्माण थालिसकेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र मेची अभियानका संयोजक विजय डालमियाले शेर्माले गएको शुक्रबार घरको शिलान्यास गनुभएको थियो । असार १२ गते कनकाई नदीको बाढीले शेर्माको घर खेत बगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर