भिरकोटमा २१ दिने ‘वारिष्टा (कफी बनाउने)’ आधारभूत तालिम सुरु
स्थानीय युवालाई स्वरोजगारमुखी बनाउने लक्ष्य

स्याङ्जा – भिरकोट नगरपालिकाको आयोजनामा २१ दिने ‘वारिष्टा (कफी बनाउने)’ आधारभूत तालिम कार्यक्रम सुरु भएको छ। तालिमको उद्घाटन कार्यक्रम २०८२ मंसिर २१ गते भव्य रूपमा सम्पन्न भएको हो।

तालिम भिरकोट नगरपालिका–५ स्थित सभाहल , बयरघारी मा सञ्चालन भइरहेको छ। यसको प्राविधिक सहयोग तथा सञ्चालन पुष्पाञ्जली पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि., शुक्लागण्डकी–८, तनहुँ ले गरिरहेको छ। कार्यक्रमको उद्देश्य स्थानीय युवालाई व्यावसायिक सीप प्रदान गर्दै आत्मनिर्भर बनाउनु रस्वरोजगार सिर्जना गर्नु रहेको नगरपालिकाले जनाएको छ।तालिममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ, जसले कफी बनाउने सीप मात्र होइन, सेवा क्षेत्रको ज्ञान, ग्राहक सेवा, हाइजिन र व्यवसाय सञ्चालन सम्बन्धी आधारभूत कुराहरू सिक्ने अवसर पाएका छन्।

https://amzn.to/4myfPN5

भिरकोट नगरपालिकाका अनुसार, रोजगारीको अवसर अभावमा देश तथा विदेशतर्फ पलायन भइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने खालका तालिमहरू नगरपालिकाको प्राथमिकतामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर