गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्ष पदका लागि सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

जुलाई १२ शनिबार आयोजित उम्मेदवारी घोषणा तथा भेटघाट कार्यक्रममा श्रेष्ठले आगामी कार्यकालका लागि एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

https://amzn.to/4myfPN5

वर्तमान उपाध्यक्ष रहनुभएका श्रेष्ठ सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । नेपाली जहाँ रहे पनि जन्मभूमिप्रतिको माया र कर्तव्य कहिल्यै मर्नु हुँदैन। नेपालमा हुने पीडा, चुनौती र अवसरप्रति चासो राख्नु सबैको साझा धर्म हो भन्ने मान्यता राख्दै उम्मेदवारी दिएको बताउनुभयो ।

 

आफू सधैं कामलाई प्राथमिकता दिने र बाचा होइन व्यवहारमा विश्वास गर्ने भएकाले सामाजिक अभियानमा दिएको समय, निरन्तरता र योगदानका आधारमा अब यो संस्था अझै चुस्त, पारदर्शी र जिम्मेवार बनाउन मैले नेतृत्व लिनुपर्ने अनुभव भएको श्रेष्ठले बताउनुभएको छ ।

एनआरएनए जापानको १२ औं महाधिवेशन यही जुलाई २७ तारिख आइतबार विहान ११ बजेबाट सुरु हुनेछ । महाधिवेशले वर्ष २०२५-२०२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर