
पाल्पा जिल्ला अदालतले गत आर्थिक बर्ष २०८१÷८२ मा लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक बर्षमा ७०६ मुद्धा किनारा लगाउने लक्ष्य राखेकोमा ८१५ वटा मुद्धा फछ्र्यौट गरि लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेका हो ।
अदालतले आर्थिक बर्ष २०८०÷८१ बाट जिम्मेवारी सरेर आएका २७० मुद्धा र नयाँ दर्ता भएका ८१४ मुद्धा गरि जम्मा १ हजार ८४ मुद्धा मध्ये ८१५ वटा मुद्धा फैसलागरि किनारा लागेको जनाएको छ । कुल मुद्धा संख्याको ७५ दशमलभ १८ प्रतिशत मुद्धा फछ्यौट भएको जिल्ला अदालत तानसेनका श्रेस्तेदार केशब पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिबादी संख्या ३ भन्दा तल भएका सरलमार्गका ८४१ मुद्धा मध्ये ६४२ मुद्धा फैसला हुदा १९९ मुद्धा बाँकी रहेका छन् । त्यस्तै प्रतिबादी संख्या ३ देखी १० जना सम्म रहेका २२२ सामान्य मुद्धा मध्ये १५४ फैसला हुदा ६८ मुद्धा बाँकी रहेका छन् । बिशेष मार्गका २१ मुद्धा रहेकोमा १९ वटा मुद्धा फैसला भएर किनारा लागि सकेका छन् । बिशेष मुद्धा मध्ये बाँकी रहेका दुई मुद्धा पनि डिएनए रिपोर्ट र प्रतिबेदन आउन बाँकी रहेकाले अड्किएको श्रेस्तेदार पराजुलीले जानकारी दिनुभयो ।