स्याङ्जा ,कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संरचनाअनुसार जनताको सरकारका रूपमा काम गरिरहेको गाउँपालिकाले आर्थिक चुनौतीहरूबीच पनि नागरिकलाई सेवा दिन प्रतिबद्ध भएर अघि बढेको स्पष्ट पारेको छ।

हाल मुलुक व्यापार घाटा र आर्थिक संकटको घेरामा रहेको बेला संघ र प्रदेश सरकारबाट आउने वित्तीय हस्तान्तरणमा प्रभाव परेकोले स्रोत परिचालनमा स्थानीय तहहरूलाई थप चुनौती बनिरहेको छ। यस्ता कठिन परिस्थितिमा पनि संविधान, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य २०३०, आवधिक योजना, आर्थिक सर्वेक्षण र जनस्तरबाट आएका सुझावलाई आधार मानेर बनाइएको नीति तथा कार्यक्रमप्रति पालिका गौरवान्वित रहेको जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रमका मूल लक्ष्यहरू:
– स्थानीय उत्पादन र रोजगारी सृजना: कृषि, पशुपालन, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउने।
– पारदर्शिता र जवाफदेहिता: सबै कार्यक्रम सुशासन र नागरिक सहभागितामा आधारित हुने।
– सामाजिक समावेशीकरण र समृद्धि: सबै वर्ग, जाति, लिङ्ग, समुदायको सम्मानसहित विकासमा सहभागी गराउने।

प्रमुख नीति क्षेत्रहरू:
– शिक्षा र युवा विकास: गुणस्तरीय शिक्षा, खेलकुद, सीप तालिम र युवा नेतृत्व विकासमा ध्यान।
– लैङ्गिक समानता: महिला, दलित, अपाङ्ग र पिछडिएको वर्गलाई विशेष प्राथमिकता।
– संस्कृति संरक्षण: स्थानीय भाषा, परम्परा, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण।
– कृषि, उद्योग र पर्यटन: उत्पादनमुखी र रोजगारमुखी विकासलाई प्राथमिकता।
– सहकारी प्रवर्द्धन: आर्थिक आत्मनिर्भरता र समुदाय सशक्तीकरणको आधार।
– पूर्वाधार विकास: सडक, खानेपानी, स्वास्थ, शिक्षा र डिजिटल पहुँच सुदृढ।
– सूचना प्रविधि: डिजिटल सेवा प्रवाह र प्रशासनिक दक्षता सुधार।
– मानव अधिकार र कानुनी पहुँच: न्यायमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य।
– वातावरण र विपद् व्यवस्थापन: जलवायु परिवर्तनको सन्तुलनमा संवेदनशील योजना।
– राजस्व र स्रोत परिचालन: आन्तरिक स्रोतको पारदर्शी र प्रभावकारी प्रयोग।
– रोजगारी सिर्जना: युवालाई स्वरोजगार, उद्यमशीलता र नवप्रवर्तनमा जोड।

गाउँपालिकाले लोकतान्त्रिक मूल्य, संविधान र जनविश्वासप्रति अटल रहने प्रतिवद्धता दोहोर्याउँदै अफवाह र भ्रम फैलाउने गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।- नीति तथा कार्यक्रम पढ्नको लागि क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर