नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत आज जेठ १० गते पोखराको चिप्लेढुङ्गामा तय गरिएको बृहत जनसभा स्थानान्तरण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाको परामर्श र पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार, आज पोखरा तथा आसपासका क्षेत्रमा मौसम बदली रहने सम्भावना भएकाले कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ स्थान तोकिएको हो।

संशोधित कार्यक्रम विवरण:

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्थान: एस.आर.के.सी. पार्टी प्यालेस, माटेपानी (वडा नं. १२, कार्यालय नजिक)

समय: बिहान ११:३० बजे

कास्की जिल्लाका कार्यकर्ताहरूको उपस्थिति यथावत रहनेछ भने अन्य जिल्लाबाट तय भएका सहभागी कार्यक्रमहरू स्थगित गरिएको छ। पार्टीले सम्पूर्ण कार्यकर्ता, समर्थक तथा आम जनसमुदायलाई नयाँ स्थानमा तोकिएको समयमा उपस्थित भई अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर