स्याङ्जा – कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी आमा समूहको साधारणसभा तथा अधिवेशन २०८२ जेठ ३ गते भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष कमला न्यौपाने भुषालको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यता र वडा नं. ७ का अध्यक्ष उमप्रकाश भट्टराईको विशिष्ट आतिथ्य रहेको थियो।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्य टिकीसरा भट्टराई, नेपाल रेडक्रस सोसाइटी श्रीकृष्ण गण्डकी उपशाखा मिर्मीका सभापति नारायण प्रसाद भट्टराई, मिर्मी खानेपानी उपभोक्ता समितिका सचिव कृष्ण प्रसाद भट्टराई तथा भगवती नमुना मावि व्यवस्थापन समिति अध्यक्ष शालिकराम न्यौपानेलगायत अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै, कार्यक्रम कार्यसमिति पदाधिकारी, अभिभावक, आमाबुवा र दिदीबहिनीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नवगठित कार्यसमिति:
– अध्यक्ष: लीला पाण्डे
– उपाध्यक्ष: राधा माया भट्टराई
– सचिव: शान्ता भट्टराई
– सह–सचिव: विमला भट्टराई
– कोषाध्यक्ष: कोपिला भट्टराई
– सदस्यहरू: सिता भट्टराई, अमृता भट्टराई, मिना पाण्डे, शिवलाल न्यौपाने, शोभा भट्टराई, जैसरा भट्टराई

कार्यक्रममा नव–निर्वाचित समितिलाई बधाई दिँदै सामाजिक रूपान्तरण, महिला सशक्तीकरण र सामुदायिक विकासमा आमा समूहको भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरिएको थियो।

नयाँ कार्यसमिति नेतृत्वमा आमा समूहले समुदायमा सकारात्मक परिवर्तन र सामाजिक विकासका कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर