स्याङ्जा – कालिगण्डकी गाउँपालिका–७ मिर्मीस्थित भगवती माध्यमिक विद्यालयले “प्रथम जिल्ला स्तरीय U-16 अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८२” मा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल भएको छ। गल्याङ नगरपालिका, मालुङ्गास्थित सार्वजनिक माध्यमिक विद्यालय उपविजेता बनेको छ।

प्रतियोगिता आगामी ACC U-16 ईस्ट जोन कप २०२५ का लागि प्रतिभावान खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू:

– सर्वोत्तम ब्याट्सम्यान : सप्निल भट्टराई – भगवती माध्यमिक विद्यालय
– सर्वोत्तम बलर : आयुष पाण्डे – भगवती माध्यमिक विद्यालय
– प्लेयर अफ दी टुर्नामेन्ट: आयुष भट्टराई – भगवती माध्यमिक विद्यालय
– सर्वोत्तम विकेटकिपर : अनुराग बस्याल – सार्वजनिक माध्यमिक विद्यालय
– सर्वोत्तम फिल्डर : प्रशान्त बस्याल

समापन समारोहमा विजेता र उपविजेता विद्यालयलाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। आयोजकले भविष्यमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले स्थानीय स्तरमा क्रिकेटको विकासका लागि आवश्यक पूर्वाधार र सहयोगको अभावमा चिन्ता व्यक्त गरेका छन्। एक खेलाडीले भने, “राष्ट्रपति कप वा अध्यक्ष कपजस्ता ठूला प्रतियोगिताको बेला मात्र खेलाडी खोजिन्छ, तर अन्य समयमा वडा र पालिकाले हामीलाई वास्ता नगर्दा दुःख लाग्छ।”

स्थानीय खेल प्रतिभालाई उजागर गर्न र विद्यालय स्तरीय खेलकुदको विकासमा सशक्त टेवा पुर्‍याउन यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर